विश्व वा नेपालको तथ्याङ्कलाई हेर्दा जल प्रदुषणका प्रमुख कारणहरू मध्ये कृषि र पशुपालनसँगै जोडिएका गलत अभ्यासहरू मुख्य हुन आउँछन्। FAO 2017  को प्रतिवेदन अनुसार कृषि सम्बन्धि गलत अभ्यासहरूले जल सँगसँगै माटोमा हुने विभिन्न किसिमका विरुवालाई आवश्यक पर्ने सूक्ष्म तत्त्व, पोषण तत्त्व, हर्मोन र सबै किसिमका खनिजलाई पनि प्रदूषित बनाएको हुन्छ जसको प्रत्यक्ष असर वातावरण, जैविक विविधता र मानव स्वास्थ्यमा परिरहेको हुन्छ। पारिवारीक खेतिभन्दा व्यवसायिक खेति प्रणालिबाट धेरै गुणा माटो तथा पानी जन्य प्रदूषण हुने गरेको छ। यस खेती प्रणालिमा अत्याधिकरुपमा प्रयोग गरिने रासायनिक मल तथा विषादीको प्रयोगका कारण प्रकृतिमा प्रदूषण वृध्दि भइरहेको छ। यसबाट हुने क्षति न्यूनिकरण गर्न र माटो सँगसँगै पर्यावरणकै उर्वराशत्ति बढाउनका लागि विभिन्न किसिमका कृषि सम्बन्धि असल अभ्यासहरुलाई अनुशरण गर्दै खेतिप्रणालिलाई अगाडि बढाउन सकिन्छ ।

कृषिका लागि असल अभ्यास १

एकीकृत शत्रुजीव व्यवस्थापन (IPM: Integrated Pest Management)
एकीकृत शत्रु जीव व्यवस्थापन, बाली बिरूवाका शत्रुहरूस (रोग, कीरा, झारपात, चरा, मुसा आदि) लाई आर्थिक रूपले न्यायोचीत, पर्यावरणीय दृष्टिकोणले दिगो तथा सामाजिक रुपमा स्विकार्य बनाउदैँ बाली संरक्षण गर्ने एक विधि हो । यसमा एक भन्दा बढी व्यवस्थापनका विधिहरूको एकिकृत रुपमा प्रयोग गरिन्छ जसले गर्दा रासायनिक विषादीहरूको प्रयोगमा कमी हुन आउँछ। यस विधिको प्रयोगले गर्दा माटोको उत्पादन क्षमतामा ह्रास आउँदैन र माटोको उर्वराशत्ति दीर्घकालीनरूपमा कायम रहिरहन्छ।

एकीकृत शत्रुजीव व्यवस्थापनका विधिहरूः

  • रोग कीरा अवरोधक जातको प्रयोग गर्ने वा कम नोक्सानी हुने जातको प्रयोग गर्ने 
  • कृषि कर्ममा आधारित तरिकास् बालीचक्र, बीउ छर्ने वा रोपाइ गर्ने समयको हेरफेर, खेतको सरसफाई,  उचित  खनजोत, बाली कटानीपछि अवशेष नष्ट गर्ने।
  • भौतिक तथा यान्त्रिक तरिकास् हातले टिप्ने, अवरोध राख्ने, पासो थाप्ने, अनाज सुकाउने आदि
  • जैविक तरिकास् परजीवी एवं शिकारी कीराका साथै विभिन्न जीवाणु जस्तै व्याक्टेरिया (विटी.), फंगस, भाइरस (एन.पि.भि.) र निमाटोडको प्रयोग।
  • आकर्षक रासायनिक पदार्थको प्रयोगस् विभिन्न आकर्षक रासायनिक पदार्थ जस्तैः मिथाइल यूजिनल, क्यूलियर र विभिन्न फेरोमेन जस्तैः हेलीलुर , स्पोरडोरलुर आदिको प्रयोग।
  • विषादीको प्रयोगस् अन्य विधिहरूले नियन्त्रण नभएमा उपयुक्त विषादीको सावधानिपूर्वक प्रयोग गर्ने ।
  • घरेलु व्यवस्थापनका विधिहरू अपनाउन सकिन्छ ।

कृषकहरूले अपनाउन सक्ने केही घरेलु विधिहरूः

  • नीम, टिमुर, बोझो, तितेपाती, ज्वानो, तोरीको तेल प्रयोग गरी अन्न भण्डारणमा रोग कीरा नियन्त्रण ।
  • गहुँत, साबुनपानी, सूर्तीको झोल प्रयोग गरी तरकारी बालीको कीरा नियन्त्रण ।
  • सुन्तला जात फलफूल र लहरे तरकारीको औँसा कीरा नियन्त्रणको लागि फेरोमेन ट्रयाप, खेतबारीको सरसफाई ।
  • स्थानीय वनस्पतिबाट तयार गरिने झोलमल, गाईको गहुँत, मोही आदिको प्रयोग।
  • मित्र जीवहरूको संरक्षण ।

महासंघले IPM विधि अनुशरण गर्ने तरिकाः

  • स्थानिय पालिकाको नीति र कार्यक्रमा यस असल अभ्यासको प्रयासको प्रगोय विधिबारे सम्बोधन गराउन पैरवी गर्न सकिन्छ।
  • करार खेती र दिगो कृषि अभ्यास सञ्चालन भइरहेको समूहमा आई.पी.एम् विधिको प्रयोग गरि खेति गर्न, गराउन सकिन्छ।
  • समूहको मासिक वैठकमा यस विधिका व्यवहारगत पक्षबारे छलफल गराई प्रविधिबारे साक्षत्कार गराउन सकिन्छ।

असल अभ्यास २

वाली उपचार शिविर (Plant Health Clinic)
बोटविरुमा लाग्ने विभिन्न किसिमका रोग, किरा र अन्य समस्याहरुका कारण वाली उत्पादनमा वार्षिक १५-२०% सम्म ह्रास आएको पाईन्छ। कृषकहरूले विरुमा लाग्ने रोग। किरा र अन्य समस्याहरुको प्रभावकारी तरिकाले उपचार पाईरहेका छैनन्, यी र यस्तै समस्याहरूको प्रभावकारी र भरपर्दो समाधान भनेको वाली उपचार शिविर नै हो। वाली उपचार शिविर एउटा यस्तो थलो हो जहाँ कृषकहरुले आफ्नो वालीमा लागेका रोग, कीरा तथा अन्य समस्याहरुबाट समस्याग्रस्त बोट बिरुवाका नमूना शिविरमा ल्याई वाली उपचार विशेषज्ञहरुबाट स्थलगतरुपमा समस्या पहिचान तथा समाधानका उपायहरूबारे सल्लाह प्राप्त गर्दछन्। किसानहरूसगँ दोहोरो संवादकासाथ निकास निकालिने भएको हुनाले यो विधि विश्वसनीय र प्रभावकारी हुदैँ आएको छ।

महासंघले अनुशरण गर्ने तरिका:

  • कार्यक्रम सञ्चालन भएका विभिन्न क्षेत्रहरुमा पालिकासगँको समन्वयमा वाली उपचार शिविर सञ्चालनमा सहयोग पुर्याउन सकिन्छ र त्यसका साथसाथै कार्यक्रम मार्फत सञ्चान हुने मिति, समय र स्थानको बारेका जानकारि गराइ बढिभन्दा बढी किसानका समस्या समाधान गर्न सक्दछ। यस कार्यक्रममा आम किसानको पहुँचको लागि पैरवी गर्न सकिन्छ।

असल अभ्यास ३

विषादी प्रयोग गर्दा सुरक्षित विधिहरू अपनाउने:
वालीमा लाग्ने विभिन्न किसिमका रोग, कीरा नियन्त्रण गर्दा प्रयोग गरीने रासायनिक विषादीका कारण मानव स्वास्थ्यमा पनि विभिन्न किसिमका समस्याहरू आउने गर्दछन्, जसका कारण विभिन्न किसिमका दीर्घ रोगहरू पनि लाग्ने गारेको पाइएको छ। विषादीको प्रयोगबाट निम्तिने समस्या न्यूनिकरणको लागी वैकल्पिक विधिको प्रयोग वा सुरक्षित तरिकाले विषादिको प्रयोग गर्नु आवश्यक छ।  नेपालको सन्दर्भमा हेर्ने हो भने सन् २०१८ को डिसेम्बर सम्ममा १७० विषादीहरु ३०३५ ट्रेड नाममा दर्ता छन्। नेपाली किसानहरुमध्ये ५०% किसानहरू रोग, किरा नियन्त्रण र प्राविधिक सेवाका लागि एग्रोभेटसगँ सम्पर्क गर्ने गर्दछन् तर ९०% एग्रोभेट प्राविधिकरुपमा तालिम प्राप्त छैनन् र कक्षा दश उत्तीर्णसम्मको अध्ययन योग्यता समेत उनीहरूमा छैन। अर्को तथ्याङ्कलाई केलाउने हो भने नेपालमा ८०% किसानहरू विषादी प्रयोग गर्दा लगाउनु पर्ने व्यत्तिगत सुरक्षा सामाग्रीहरू जस्तैस् मास्क, पञ्जा, चश्मा र बुटको प्रयोग नगरेको पाइएको छ। जसका कारण प्रयोगकर्तामा छाला, मुटु र फोक्सो सम्बन्धि रोगहरू लाग्ने गरेको पाइएको छ।

महासंघले अनुशरण गर्न सक्ने तरिका:

  • किसानहरूलाई व्यत्तिगत सुरक्षा सामाग्रीहरूको बारेमा समुगहगत छलफल तथा तालिमकै माध्यम बाट सुरक्षाका विधिबारे जानकारी एवम् अभ्यास गराउन सकिन्छ।
  • पालिकासगँकि समन्वयमा कार्यक्षेत्रभित्र पर्नेगरी व्यवसायिक किसान र आवश्याकाताको पहिचान अनुसार व्यत्तिगत सुरक्षा सामाग्रीहरू वितरण गर्न सकिने गरि कार्यक्रम बनाउन सकिन्छ।

(लि-वर्ड द्वारा प्रकाशित  “Compendium of Good Agricultural and Livestock Farming Practices to Minimize Land-Based Water Pollution” नामक एक अध्यान प्रतिवेदनकाे आधारमा यस सामाग्री तयार पारिएकाे हाे ।)

Leave a Comment

Your email address will not be published. Required fields are marked *