ईन्दिरा राई
सहजकर्ता, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल

विश्वब्यापी रुपमा फौलीरहेको कोरोना भाइरस (कोभिड १९) को महामारीले  भयानक रुप लिएको छ र यसले हाम्रो देशलाई पनि आक्रमण गरि सकेको छ साथै नेपाल  जोखिममा रहेको कुरा विदितै छ । कोभिड १९ को संक्रमण फैलिन नदिन मुलुक ४२ दिन देखी लकडाउनको अवस्थामा रहेको छ । लकडाउनले गर्दा मानिसको जिवन यापनमा निकै नै कष्टकर भई रहेको छ । यस समयमा सबैले उच्च सतर्कता अपनाउन आम नेपालीहरुको कर्तव्य हो । यो रोग मानिसबाट नै सर्ने भएकाले सामाजिक दुरी कायम गरी, सवारी साधन वन्द र बजार, कलकारखाना, सार्वजानिक स्थान, विद्यालयहरु पनि वन्द गरी रोकथाम गर्न बाध्याता आई परेको छ ।

 विश्वको सानो देश नेपाल हो ता पनि यो देशमा महामारीले निकै नै प्रभाव  पारेको छ । नेपाललाई कृषि प्रधान देश भनेर चिनिन्छ । तर पनि नेपालमा यो महामारीले कृषि क्षेत्रमा धेरै नै क्षती पुगेको अवस्था रहेको छ । यसको जिम्मेवारी कस्ले लिने ? यो समस्या आफु उत्पादन गरेको बस्तु बोकेर किसान कहाँ जाने ? भन्ने कुरामा अन्योल परेको छ । स्थानिय सरकारले पिडित किसानलाई कसरी के सहयोग गर्ने भन्ने बिषयमा दुबै पक्ष अन्योलमा पर्न पुगेको छ । पछिल्लो चरणमा नेपालमा कोरोना भाईरस सङ्क्रमण हुनेको संख्या १२१ पुगे संगै दिनदिनै संख्यामा बृद्धि भई रहेको छ । साथै लकडान पनि सरकारले निरन्तर वढाउदै गई रहेको छ, । लकडाउन बढ्नु नै किसानलाई प्रभाव पर्नु हो । समय समयमा किसानहरुलाई मौसम तथा जलवायुले पनि साथ नदिने त छदै छ । तर यो पटक कोरोनाको कारण नेपाल सरकारले गत चैत्र ११ गते देखि जेष्ठ ५ सम्म लकडाउन पुर्याएकाेले किसानलाई धेरै नै मारमा पारेको छ । बेलका नगरपालिकामा केही व्यवसायिक रुपमा खेती गर्ने किसानहरुको १ महिनाको तथ्याङ्क हेर्दा हालको जम्मा ६ जना किसानहरुको तथ्यलाई हेर्दा अन्दाजी ९ लाख, ९५ हजार ५ सय दश बरावरको टमाटर क्षेती भएको देखिन्छ । यो क्रम निरन्तर रही रहने हो भने एकतिर किसानहरु घाटामा त जाने नै भयो, अर्कोतिर उत्पादन गर्ने किसानहरु निराशा तथा हतोत्साहीत हुने निश्चित छ ।

साथै कोरोनासंगै किसानहरुमा अर्को संकट आई परेको अवस्था छ फौजी किराले हाल लगाई रहेको मकैमा निकै नै क्षेती पुर्याएकोले जटिल हुदै आएको छ, एक बालि खेर फाल्न परे पनि अर्को बालिको आशा बोकेको किसान त्यो आशा निराशामा परिणत हुन पुगेको छ । किसानमा निरासा आउनु नै सिङगो देश निरास हुनु हो । एकातिर कोरोनाको त्रास बढे सगै अर्को तिर बारिमा लगाएको बालिका फौजि कीराको आक्रमण यो संकटको घडीमा कुन कुरालाई प्राथमिकता दिने ? लकडाउनको पालना गरौँ आफ्नो बालि खेर जाने भने आफ्नो बालि जोगायो भने कोरोनाको सिकार बन्नु पर्ने बाध्यता रहेको छ ।राष्ट्रिय कृषक समूह महासंघ, नेपाल बेलका नगरपलिकाको समुदाय तहमा सहजकर्ताको हैसियतले काम गर्दा म आफ्नो अनुभवलाई सम्वन्धित ३ तहकै (स्थानीय, प्रदेश र संघीय) सरकारहरुलाई अनुरोध गर्न चाहान्छु । हालको अवस्थालाई अनुभूती गरी कृषि तथा किसानलाई सम्मान गर्दै सरकारले कृषि बजेट छुट्याउने, कृषि बिमालाई पहिलो प्राथमिकता दिने, कृषि उपज संकलन्र (चिस्यान) केन्द निर्माण, किसान बर्गिकरण सहितको किसान परिचय पत्र, आफ्नो बालीबाट नै ऋणको सुबिधा, स्थानिय हाट बजार ब्याबस्थापन, अर्गानिक खेती तर्फ आर्कषण बनाउने, स्थानिय हाटबजारमा बिक्रि गर्न नसकेमा सस्तो दरमा साधन उपलब्धता, यी माथिका कुराहरुलाई तिनै तहका सरकारले ध्यान दिएमा किसानहरुलाई यो लकडाउन जस्तो भई परि आउने अवस्थामा दुःखले लगाएको बालि खेर फाल्न पर्ने थियन । सबै तहको सरकारले किसानलाई राहत होईन कृषि उद्यमी बन्नको लागि सहयोग गर्नु पर्छ । उत्पादनमा सहयोग गर्नु पर्छ, गाउ गाउमा कृषि तथा पशु प्राविधिकको ब्यवस्था गरि दिनु पर्छ, सिंचाई सुविधाको ब्यवस्था गरि दिनु पर्छ, किसानहरुलाई ब्यवसायिक तालिम दिनु पर्छ, उत्कृष्ट तथा उद्यमी किसानलाई पुरस्कारको ब्यवस्था गरि दिनु पर्छ ।
लेखक राष्ट्रिय कृषक समूह महासंघ, नेपाल बेलका नगरपलिकाको समुदाय तहमा सहजकर्ताको रूपमा काम गर्दै हुनुहुन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *