“मेरो घर नजिकै रहेको सानो टुक्रा भाडामा लिएको जग्गामा उत्पादन  भएको अन्नपात र साग तरकारी नै यो संकटको सामना गर्न सहारा बनेको छ ।  त्यहाँबाट उत्पादन भएको अन्न साग र तरकारी नहुँदो  हो भने  यस्तो लामो बन्दीको समयमा मैले कसरी आफनो गुजारा चलाउने थिएँ मलाई नै थाहा छैन ।”

यो भनाई सिरहा जिल्ला भगवानपुर गाउँपालिका वडा नः ३ आभेनगर  बस्ने बर्ष ३८ की मानो देवी रामको हो । उनको मुख्य पेशा कृषि ज्यला मजदूरी नै हुन, उनी  संग आफनो नम्बरी जग्गा छैन । अहिले बसोबास गर्दै आएको घडेरी पनि ऐलानी जग्गा हो । उनको श्रीमान् भारतको पन्जावमा गएर काम गर्ने गरेका छन । मानो देवीको १ छोरा, २ छोरी सहित  ५ जनाको परिवार छ । श्रीमान प्रायः कामको लागि वाहिरै रहनु पर्ने भएकोले छोराछोरीको लालन पालन गर्ने जिम्मेबारी उनकै काँधमा हुन्छ । 

समूहको वैठकमा मानो देवी उभिएर बोल्दै

मानो देवी राम गाउँमै गठन भएको भगवती दलित महिला कृषक समूहको सदस्य हुन । राष्ट्रिय कृषक समूह महासंघ नेपालले भगवानपुर गा.पा.संगको समन्वयमा  वि.स. २०७४ सालमा जग्गा भाडामा लिई संचालन गरिने करार खेतीको लागी सहजीकरण गर्दै गर्दा उक्त खेती उनले  पनि गर्ने भनि योजना बनाईन ।  समूहमा आवद्ध भई जग्गा भाडामा लिई खेती गर्न सकिन्छ भन्ने बारेमा उनले सोचेकी पनि थिईन । यस्तो प्रकृतिको खेतीपातिमा आवद्ध हुन पाउँदा उनलाई खुशी त लागेको थियो तर शुरु शुरुमा भित्र भित्रै अलिअलि डर पनि लागेको थियो । केही विश्वास र केही आशंकाको वीच उनी करार खेतीमा संलग्न भईन । खेतीपाती पछिको खाली  समयमा ज्याला मजदूरी गर्ने कामलाई  पनि उनले निरन्तरता दिएकी छिन । यो खेतीमा संलग्न नहुँदा ज्याला मजदूरीको मात्रै भर पर्नु पर्दथ्यो । सवै चिज किनेर मात्रै खानु पर्दथ्यो । ज्याला मजदूरीको काम पनि सँधै नहुने भएकोले काम नभएको समयमा खान लाउन वाल वच्चाहरुको औषधी उपचार गर्न धौ धौ पर्ने गर्दथ्यो । श्रीमान बाहिर कमाउन गएको वेला ऋण कर्जा लिएर आफ्नो  गुजारा चलाउने  र गर्जो टार्ने गर्थिन उनी । श्रीमानले भारतमा दुःख गरेर कमाएर ल्याएको पैसाले ऋण ति¥यो फेरी जस्ताको त्यस्तै हुन्थ्यो कुनै वेला ऋण तिर्न नपुग्ने पनि हुन्थ्यो जसले गर्दा ऋणको भार थपिदै गएको थियो मानो देवी बताउँछिन । उनी यस करार खेतीमा संलग्न भई सकेपछि उनको भागमा परेको १ कठा ५ धुर जग्गामा ३ बाली लगाउने गर्छिन । वर्षाको समयमा धान लगाउँछिन जस बाट प्रत्येक वर्ष १.५ देखि २ क्वीन्टल सम्म धान फल्छ । धान काटेर हिँउदे तरकारी र आलु रोप्ने गर्छिन । जसबाट प्रत्येक सिजनमा ४ देखि ५ हजार आम्दानी हुन्छ । हिँउदे वाली पछि लहरे वाली र प्याज खेती गर्छिन । यस बालीबाट पनि सिजनमा  ३ देखि ४ हजार आम्दानी हुन्छ । यसरी वार्षिक रुपमा खर्च कटाएर उनले ७ देखि ९ हजार नगद आम्दानी कमाउँछिन भने ३ महिनालाई  खना पुग्ने अन्न र वर्षै भरी लाई पुग्ने साग तरकारी आफ्नै खेतीबाट उत्पादन गर्दै आएकी छिन ।

करार खेतीमा काम गर्दै मानो देवी

त्यस समूहले भाडामा लिएको जग्गाको भाडा गा.पा. ले तिर्ने सम्झौता गरिएको छ । त्यसै गरी साना सिंचाईको व्यवस्था, समूह परिचालन र प्राविधिक सहयोग राष्ट्रिय कृषक समूह महासंघले केएर नेपालको अर्थिक सहयोगमा संचालिन सामथ्र्य परियोजनाद्वारा गरिदै आएको छ । यस खेतीमा आवद्व भए पछि उनको दैनिकी फेरीएको छ । पहिले अरुको खेतमा ज्याला मजदूरीमा मात्रै भर पर्नु पर्ने अवस्था थियो भने अहिले आफ्नै सानो टुक्रा जग्गामा खेती पाती गर्न व्यस्त भई रहने र समय मिलेको खण्डमा मात्रै ज्याला मजदूरीमा जाने गरेकी छिन ।४–५ वर्ष पहिले ज्याला मजदूरीको काम नपाएको बेला कति छाक भोकै सुत्न बाध्य भएको कुरा सम्झिदै  उनी भन्छिन, सरकारले महिनौं देखि घोषणा गरेको  यस्तो लामो लकडाउनमा कतै काम गर्न पनि जान सक्ने अवस्था छैन घरमा अन्न पात नभएको भए वाल वच्चा भोकै बस्नु पर्दथ्यो होला । एकातिर कोरोना भाईरसको त्रास अर्को तर्फ भोको पेट धन्न यो खेती गरेकी छु , नभए हाम्रो पहिलेकै जस्तो हालत हुने थियो । आफूले उब्जाएको अन्न र आफनै बारीको ताजा साग र तरकारी खान पाएकी छु खुशीका साथ उनले बताईन ।

तयार पार्नेः
राम सेवक महरा, सहजकर्ता,
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सिरहा
मिति: २०७७।१।१८

                                               

Leave a Comment

Your email address will not be published. Required fields are marked *