बेदा कुमारी बस्नेत

सताब्दिऔं देखी विश्व मानव समुदायमा आज एक गम्भिर संकटको बिचमा उभिएको छ । अनैकौं काल खण्ड पार गरी विकास भएको यो आधुनिक मानव सभ्यता एक्काइसौं सताब्दिमा आइ पुग्दा कोरोना भाइरस (कोभिड १९) का कारणले राष्ट्र नै आज पिरोलिएको छ । विश्वका सुविधा सम्पन्न देशहरुमा समेत यो महामारीका कारणले मानव समुदाय तहसनहस हुन पुगेका छन् । आज पुरै विश्व घर भित्र थुनिएको अवस्थामा २०७६ चैत्र ११ गते देखी बन्दाबन्दी लकडाउन गरिएको छ । यो नै कोरोना भाइरस विरुद्धको लडाँइ जित्न संसार भर अपनाइएको एक प्रभावकारी माध्यम हो । नेपालमा पनि हाल कोरोना भाइरसको जोखिम बढ्दै गइरहेको छ । विभिन्न जिल्लाहरुमा केहि संख्यामा यो भाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गइरहेको छ । प्रयाप्त सावधानी नअपानाइएको खण्डमा यसले विस्फोटनको रुप लिन सक्छ । त्यसैले यो अवस्थामा हामी सबैले यस रोगबाट बाँच्नको लागि चालेका कदम र सचेतनाको प्रक्रियालाई साथ दिन जरुरी छ । मानव रहे मात्र अन्य विकास निर्माण कार्य  गर्न सक्ने भएकाले प्राण रक्षाका लागि हामी सबै मानव जातीको एक्यवद्धताको खाँचो छ । यसै सन्दर्भमा यो लकडाउनको अवधि बढाउँदै जाँदा यसबाट पर्न सक्ने तत्कालिन र दिर्घकालिन समस्यालाई हामीले भुल्नु हुँदैन । हाम्रो देशका झण्डै ८० प्रतिशत मानिसहरु कृषि पेशामा संलग्न छन । अधिकांश किसानहरु निर्वाह मुखी कृषि प्रणालीबाट भर्खरै व्यवसायिक तर्फ अगाडी बढीरहेको अवस्थामा यस लकडाउनले गम्भीर समस्या पारेको छ । त्यसकारण यसको सहि ब्यवस्थापन आवश्यक छ । यो समयमा कृषकलाई समस्या पर्नु भनेको नेपालको कृषि क्षेत्र अधोगति तर्फ लाग्नु हो । जसले गर्दा देशको आर्थिक उन्नतीमा पनि धक्का लाग्ने सम्भावना पक्कै छ । मानिस जहाँ जुन सुकै ठाउँमा आवद्ध भए पनि सम्पूर्ण मानव जीवन रक्षा गर्ने भनेका यीनै श्रम जीवि कृषकहरु नै हुन । उनीहरुकै पसिनाले उत्पादित कृषि उपजले मानव समुदायको प्राण रक्षा सम्भव भएको छ । आज कृषि क्षेत्रमा परेको प्रभाव भोली कोरोना भाइरस निर्मुल भए पश्चात पनि अर्काे गम्भीर भोकमारीको समस्या श्रृजना हुन सक्ने सम्भावनाले जुन अहिले भन्दा कैंयौ गुना पिडादायी हुन सक्छ । आज राष्ट्रिय अन्तराष्ट्रिय समुदाय पनि यस कोभिड १९ बाट धरासायी बन्दै गएको अवस्था छ । भोली विदेशबाट खाद्यन्न आपूर्ति हुन नसकेको र वैदेशिक रोजगारका क्षेत्रहरु पनि बन्द भएको अवस्थामा नेपालमा पर्न सक्ने गम्भिर संकटलाई तिनै तहका सरकार र सरोकारवाला निकायले सोच्न जरुरी छ । भोलीका दिनमा विभिन्न उपायहरु अपनाउनु पर्नै देखिन्छ ।

  • सामाजजिक दुरी कायम राख्दै कृषि कार्य यथावत राख्ने ।
  • विदेशबाट फर्केका यूवाहरुलाई कृषिका नयाँ नयाँ क्षेत्र पहिचान गरी उनीहरुको सिप लगानी गर्ने वातावरण सुनिश्चित गर्ने ।
  • कृषकले लिएको कर्जामा यसको व्याजदर सहुलियतको व्यवस्था मिलाउने ।
  • यस महामारीका कारणले लाखौंको क्षति बेहोरि रहेका किसानलाइ सहुलियत प्रदान गरी पुन कृषि खेतीमा आकर्षित गराउने,
  • आगामी वर्षको बजेट विनीयोजन गर्दा तिनै तहको सरकारले कृषिलाई विशेष जोड दिई कृषि क्षेत्रमा व्यापक रोजगार सिर्जना गर्ने,
  • कृषकबाट उत्पादित कृषि उपजलाई सहज रुपमा बजार सम्म पु¥याउनमा सहयोगीको भूमिका निर्वाह गर्ने, 
  • कृषिको लागि चाहिने मल विउ आवश्यक औजार सहित कृषि तथा पशु बिमाको व्यवस्था मिलाउने,
  • जलवायू मैत्री कृृषि खेती प्रणालीलाई बढवा दिने ।
  • निम्न वर्गहरु र लक्षित समुदायको उत्थानको लागी विषेश व्यवस्था गर्ने,

यसरी कोरोना महामारी विरुद्धको लडाइँ जित्नको लागि र भोलीका दिनमा आउन सक्ने जोखिमलाई टार्न हामी सबैले आ आफ्नो तह तप्काबाट जिम्मेवार बोध गर्न पर्ने छ साथै एकजुट भई लागेमा अवश्य पनि हामी सबै मानव समुदायको विजय हुनेछ । 

लेखकः  बेदा कुमारी बस्नेत

सहजकर्ता, ओखलढुंगाराष्ट्रिय कृषक समुह महासंघ नेपाल

Leave a Comment

Your email address will not be published. Required fields are marked *