शुभकामना
महासंघको १२औँ स्थापना दिवसको अवसरमा महासंघले आयोजित एक स्थापना दिवस कार्यक्रममा सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष, नारायण ज्ञवाली द्वारा वाचन गर्नु भएको कविता ।

भन्छौँ हामी नेपाललाई, कृषि प्रधान देश फर्की हेरौँ आत्मनिर्भर, उत्पादन के छ? जमीन हाम्रा बाँझा हुने, जनशक्ति विदेश राजनीति कर्मी सँगै, बुढाबुढी स्वदेश आयातित अन्नबाली, सक्नु पर्यो रोक्न उत्पादन आफै गरौँ, छोड्नु पर्यो बोक्न सरकारले लिनु पर्यो, राम्रो कृषि नीति किसानले दुख पाए बसाल्दिनु थिति । खै त मल किसानले खेती लाउने वेला मल खाद सधैँ ल्याउँदा कमिसनको खेल बिउ पनि ल्याउनु पर्ने विदेश वाट किन सरकारले नसकेको कृषि राहत दिन । समूहमा किसानहरू सङ्गठित गरी महासंघ जन्म भयो पुग्यो देशैभरि सङ्गठन सहयोग हो होइन प्रतिपक्ष समन्वय सधैँ गर्छौ सरोकार पक्ष। सचेतना प्रविधिको विकास गर्ने लक्ष्य हस्तान्तरण प्रविधिको सकारात्मक पक्ष सरकारलाई सँधैभरि गर्छौँ खबरदारी किसानलाई उठाउँछौ, होस्टे हैँसे गरी । शुभकामना यो संस्थालाई वार्षिक उत्सव दिन तपाई हामी किसान हो सोचौँ एकै छिन नीति विधि कृषि खाद्य सुरक्षाको लागि निरन्तर अघि वढौ सबै किसान जागी । २०७९/५/२३ साफ फाल्चा, बबरमहल काठमान्डु ।