सप्ताहव्यापी कार्यक्रमकाे गतिविधिहरू

भाद्र १७, २०७९ः पत्रकारलाइ सन्देश तथा मधेश प्रदेश स्तरीय नीतिगत छलफल

कृषि तथा किसान अधिकारको अभियान
बाह्रौं स्थापना दिवस
२०७९
संस्था परिचय
राष्ट्रिय कृषक समूह महासंघ नेपाल’, २०६८ सालमा कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठनको रुपमा स्थापना गरिएको हो । हाल सातै प्रदेश, ६३ जिल्लाका ५१५० भन्दा बढि कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरु यस महासंघमा आवद्ध रहेका छन् । राष्ट्रिय कृषक समूह महासंघ नेपाल’ एक गैरराजनीतिक अभियान हो ।
सेवा प्रदायक निकायहरुमा साना किसानको पहुँच अभिवृद्धि गरी दिगो तथा आत्मनिर्भरमूखी उत्पादन वृद्धिबाट राष्ट्रिय उत्पादकत्वमा टेवा पुर्याउने लक्ष्य यस महासंघले राखेको छ । सार्वजनिक निकाय, संघ संस्था र कृषक, कृषक समूह, कृषि सहकारीहरुको साझेदारी सुदृढ बनाई ग्रामीण जिविकोपार्जन तथा अर्थतन्त्र विकासमा योगदान पुराई ग्रामीण गरिवी न्यून गर्न यो महासंघ प्रयत्नरत छ । महासंघले स्थापनाकाल देखि नै अधिकारमूखी अवधारणालाई अवलम्बन गरी भूमिहीन, सीमान्त, साना र महिला कृषकहरुको अधिकार प्राप्तिका लागि सदस्य समुह क्षमता विकास गर्दै गाउँ, वडा, पालिका, जिल्ला हुंदै प्रदेश र संघीय सरकारको स्तरसम्म समन्वय र सहकार्य सवालगत बहस, पैरवी गर्दै अगाडी बढिरहेको छ ।
सन्दर्भः बाह्रौं स्थापना दिवस
देशमा धेरै परिवर्तन भयो । राज्य ब्यवस्थाका स्वरुपहरु फेरिदैं गए । देशले संघियता अभ्यास गरेको पनि ५ वर्ष पनि बित्यो । कृषि क्षेत्र र किसान वर्ग छायामा परिनै रहे । तर रातो दिन कृषि कर्ममा समर्पित लाखौं नेपाली किसानहरुले उत्पादनको मुल आधार भुमी एवं श्रोत साधनमा पहँुच, पेशागत सुरक्षा र नीतिगत प्रतिनीधित्व एवं निर्णयको अधिकार प्राप्तिका सवालमा विभिन्न समस्याहरु भोगिरहेका छन् ।
किसानको आफ्नो पहिचान भएन, उत्पादिन बस्तुले बजार र उचित मूल्य पाएनन् । रैथाने वाली, परम्परागत ज्ञानको संरक्षण सम्वर्धन र प्रवद्र्धन गर्न नहुँदा, ब्यवसायिक कृषिको नाममा आयतीत कृषि अभ्यासले मौलिक उत्पादनहरु लोप हुदैं गए । किसानका नाममा कयौं कार्यक्रम, योजना परियोजना बनेँ तर साच्चै साना किसानको मुहारमा खुशी ल्याउन सकेन । करोडौ रुपैया दुरुपयोग भए । जिम्मेवार राज्यको प्रत्याभूत नहँदा समयमा मल विउ, औजार, र प्राविधिक सेवा उपलब्ध नहुँने वर्षेनीको नियति किसानले भोग्दै आए । जलवायु परिवर्तनले कृषि र किसानलाई नै बढि प्रभावित पारिरहेको छ । विभिन्न समयमा आउँने कृषि एवं पशु जन्य रोग र महासमारीले किसानलाई नै लपेट्छ । कोभिड —१९ ले पनि साना, सिमान्त, भूमिहिन, कृषि मजदुर र महिला किसानहरुको अवस्था थप कष्टकर बनाएको छ । त्यसैगरी मिटर ब्याजी र किसान ठगी लगायतका समस्याहरुले किसानलाई थप पिडा श्रृजना गरेको छ ।
किसानको समस्यामा आधारीत रहि महासंघले नीतिगत पैरवी साथै कृषि नमुना विकास र विस्तारमा योगदान गर्दै आएको छ । अभियानलाई अगाडि बढाउने क्रमममा भएका सिकाई आदान प्रदान साथै आगामि कार्यदिशा तयारीको लागि सरोकारवालाहरु, संघ, संस्था एवं सरकारी तहबाट रचनात्मक सुझाव ग्रहण गर्ने उदेश्यले यसवर्ष २०७९ भाद्र १७ देखि भाद्र २३ सम्म “कृषिमा रुपान्तरण, संगठन विस्तार र सुदृढिकरण” भन्ने नाराका साथ सप्ताहब्यापी रुपमा विभिन्न विविध कार्यक्रम सहित स्थापना दिवश मनाउन गईरहेको छ ।

यस सप्ताहमा तपशिल बमोजिमका कार्यक्रम गरीने ब्यहोरा यहाँहरु समक्ष जानकारी गराउँदछौ ।

कार्यक्रम तालिका

भाद्र १७, २०७९ः स्थापना दिवस बारे मिडिया लाई सन्देश सम्प्रेषण, तथा मधेश प्रदेश मिसन कार्यक्रम र FFBS कार्यक्रम बारे जानकारी भौतिक उपस्थिती
भाद्र १८, २०७९ः तहगत संरचना विच जुममा चिन्तनमनन
भाद्र १९, २०७९ किसान पहिचान वर्गिकरण सहित किसान परिचय पत्रबारे अनुभव आदान प्रदान कृषि मन्त्रालयकाे सभाहलमा
भाद्र २०, २०७९ नीतिगत समिक्षा सम्पुर्ण नीति रणनीति महासंघकाे कार्यलयमा
भाद्र २१, २०७९ सहभागीतामुलक क्षमता विश्लेषण र पैरवी क्षमता विश्लेषण 
भाद्र २२, २०७९ सचिवालय बैठक महासंघकाे कार्यलयमा भौतिक उपस्थितीमा
भाद्र २३, २०७८ सप्ताहव्यापी कार्यक्रमकाे समापन तथा स्थापना दिवश कार्यक्रम
राष्ट्रिय कृषक समूह महासंघ नेपाल
राष्ट्रिय सचिवालय काठमाण्डौं
ईमेलः nfgfnepal@gmail.com

“कृषिमा रुपान्तरण संगठन विस्तार र सुद्धढिकरण” भन्ने नाराका साथ महासंघको १२ औ स्थापना दिवस सप्ताह व्यायी कार्यक्रमकाे पहिलाे दिन १७ भाद्र २०७९ गते संचारकर्मीसंग छलफल साथै मद्देश प्रदेशमा माननीय भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीज्यूको प्रमुख अतित्यतामा प्रदेश स्तरीय अन्तरकृया सम्पन्न भएको छ ।

माननीय भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीज्यूको प्रमुख अतित्यतामा प्रदेश स्तरीय अन्तरकृया

भाद्र १८, २०७९ः तहगत संरचना विच जुममा चिन्तनमनन

संस्थागत गतिविधि एवं संगठन परिचालन बारे तहगत संरचना विच चिन्तन मनन् सम्पन्न भएको छ ।

तहगत संरचना विच चिन्तन मनन्

१९ भाद्र २०७९ः किसान पहिचान वर्गिकरण परिचय पत्र साथै स्थानीय, प्रदेश र संघिय कृषि ऐन निर्माणको सम्बन्धमा महासंघले तहगत सरकार समक्ष गरेको सहजिकरण साथै सिकाई र अनुभव आदान प्रदान

कृषि विकास तथा पशुपंक्षि विकास मन्त्रालयका कृषि सचिव, पशुपंक्षि सचिव सम्वन्धित महाशाखाका प्रमुख ज्यूहरु कृषि विभाग, राष्ट्रिय किसान आयोग, राष्ट्रिय समावेशी अयोग लगायतको सहभागीतामा किसान पहिचान वर्गिकरण परिचय पत्र साथै स्थानीय, प्रदेश र संघिय कृषि ऐन निर्माणको सम्बन्धमा महासंघले तहगत सरकार समक्ष गरेको सहजिकरण साथै सिकाई र अनुभव आदान प्रदान गरेको छ । कार्यक्रममा कृषि ऐनमा निदृष्ट रुपमा वर्गिकरण सहितको किसान परिचय पत्र र सामाजिक सुरक्षा बारे ब्यवस्था राख्ने, किसान वर्गिकरणको तह र आधार सहितको निर्देशिका निर्माण गरी अगाडी बढ्ने, एकिकृत ऐन, खाद्य अधिकार तथा सम्प्रभुता नियमावली निमार्ण र कार्यान्वयमा महासंघको सहभागिता र सहकार्र्यलाई सुनिश्चितता गर्ने सहमती भएको छ ।

किसान पहिचान वर्गिकरण परिचय पत्र साथै स्थानीय, प्रदेश र संघिय कृषि ऐन निर्माणको सम्बन्धमा महासंघले तहगत सरकार समक्ष गरेको सहजिकरण साथै सिकाई र अनुभव आदान प्रदान

२० भाद्र २०७९ः महासंघका विभिन्न नीति रणनीतिहरू समिक्षा तथा पुनरावलाेकन

सचिवालय तथा सम्बन्धित विषयगत कर्मचारीहरूकाे सहभागीतामा महासंघका विद्यामान विभिन्न नीति रणनीतिहरूकाे समिक्षा गरीएकाे छ ।

भाद्र २१, २०७९ सहभागीतामुलक क्षमता विश्लेषण र पैरवी क्षमता विश्लेषण

सहभागीतामुलक क्षमता विश्लेषण र पैरवी क्षमता विश्लेषण

भाद्र २२, २०७९ भौतिक उपस्थितीमा सचिवालय बैठक

भाद्र २३, २०७८ सप्ताहव्यापी कार्यक्रमकाे समापन तथा स्थापना दिवश

“कृषिमा रूपान्तरण, सङ्गठन विस्तार र सुदृढीकरण” भन्ने मूल नाराका साथ राष्ट्रिय कृषक समूह महासंघ, नेपालको १२ औँ स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ। महासंघका अध्यक्ष, नवराज बस्नेतको अध्यक्षता, माननीय कृषि मन्त्री मृगेन्द्र कुमार सिंह यादवको प्रमुख अतिथ्यता, राष्ट्रिय किसान आयोगका सदस्य तथा प्रवक्ता जीवन्त पौडेलको विशेष अतिथ्यता रहेको थियो ।कार्यक्रममा महासंघका सल्लाहकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, राष्ट्रिय किसान आयोग, केएर नेपाल, अखिल नेपाल किसान महासंघ, NTAG, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, राष्ट्रिय समावेशी आयोग, नीति अनुसन्धान प्रतिष्ठान, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, ली वर्ड, फियान नेपाल, साहस नेपाल, सामुदायिक विधुत्त उपभोक्ता राष्ट्रिय महासंघ, किसान टु किसान, USAID, कृषि पत्रकार महासंघ नेपाल, राष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल पिछडा वर्ग महासंघ लगायतको सहभागिता रहेको थियो ।कार्यक्रममा महासंघको अभियानमा योगदान गर्ने व्यक्तित्व र स्थानीय सरकारलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि, विशेष अतिथि र सङ्घ संस्थाका प्रतिनिधिहरूले महासंघले अगुवाइ गरेको साना किसानको अभियानमा साथ दिने प्रतिबद्धता सहित शुभकामना व्यक्त गर्नुभएको थियो ।

महासंघकाे तहगत संरचना बाट स्थानीय जन प्रतिनिधिमा चुनीनू भएका व्यक्तीत्वहरूलाइ सम्मान पत्र प्रदान गरिँदै ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *