एक हप्ता अगाडिदेखि परिरहेको अविरल वर्षासंगै आएको बाढि, पहिरो र डुवानका कारण सिन्धुपाल्चोक, मनाङ, बाजुरा, डोटी, कास्की, बागलुङ, मनाङ, पर्वत, पाल्पा, अर्घाखाँची, चितवन, नवलपरासी, लगाएतका जिल्लाहरु प्रत्यक्षरुपमा प्रभावित भएका छन् । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र ईन्द्रावतीमा आएको बाढिले वितण्डा मच्चाएको छ । यस प्राकृतिक प्रकोपमा सिन्धुपाल्चोकमा मात्रै ७ जना भन्दा बढिको ज्यान गएको, कैंयौ व्यक्तिहरु बेपत्ता भएको र ३६७ भन्दा बढि घर परिवारहरु विस्थापित भएका छन् । हजारौ विघा धान खेति गरिएको जमिन बगरमा परिणत भएको छ । खेतियोग्य जमिनका साथै पशु फारम, माछा ब्यवसाय, तरकारी खेतीका संरचनाहरु पूर्ण रुपमा नष्ट भएका छन् । नदि किनारामा अस्थायी बसोवास (छाप्रो) बनाई दैनिक गुजारा गर्दै आएका मजदुरहरुको झनै विचल्लि भएको छ । सयौ परिवार घरवारविहिन भएका छन् । पुल, सडक, विद्युत, खानेपानीका संरचनाहरु ध्वस्त भएका छन् । नदि किनारामा अवस्थित मेलम्ची बजार बगरमा परिणत भएको छ । अन्य जिल्लाहरुमा पनि सयौं परिवार बाढी, पहिरो र डुबानको जोखिममा रहेका छन् । यस अवस्था प्रति नागरिक समाज संस्थाहरुको गम्भिर ध्यानाकर्षण भएको छ । यस प्राकृतिक विपद्बाट हुन गएको ठूलो धनजनको क्षतिप्रति हामी दुस्ख ब्यक्त गर्दछौं । राष्ट्रिय कृषक समुह महासंघ नेपाल, फियान नेपाल लगायतको टोलीले मेलम्चि क्षेत्रको स्थलगत भ्रमण तथा अनुगमन गरि स्थानीय जनप्रतिनिधिहरु एवं प्रभावित समुदायसंग छलफल गरेको छ । प्रभावित क्षेत्रको अवलोकनपश्चात निम्न पहल कदमीका लागि सरकारको ध्यानाकर्षण गर्दछौंः

  • प्राकृतिक विपत्तिबाट प्रभावित घरधुरीको यर्थाथ तथ्यांक संकलन, राहत तथा क्षतिपूर्ति, स्वास्थ्योपचार, तथा उचित बसोबासको ब्यवस्था र दिगो आवासको सुनिश्चितताको बातावरण मिलाउन संघ, प्रदेश र स्थानीय सरकारलाई हार्दिक आग्रह गर्दछौं ।
  • बाढि पहिरो, डुबान जस्ता वर्षेनी दोहोरीरहने यस्ता विपत्ति र विपत्तिबाट सयौ नागरिकहरुले ज्यान गुमाउनुपर्ने अवस्था, घरबारविहिन हुनुपर्ने अवस्थाको यथार्थतालाई ध्यान दिदै क्षतिलाई न्यूनिकरण गर्न प्रकृतिक प्रकोपबाट जोगिन आवश्यक पूर्वतयारीका योजनामा राज्यले लगानी गर्ने र क्षति कम गर्ने उपायहरु अवलम्बन गर्नुका साथै दिगो विकास र बातावरणमैत्री विकास अभ्यास अवलम्बन गर्न गराउन समेत हार्दिक अपिल गर्दछौ ।

साथै, यस विपद्को घडीमा मानवीय सहयोगको उच्चतम् भावनाका साथ उद्धार, राहत तथा पुनस्र्थापनाका लागि जुट्न हामी सबै समक्ष हार्दिक अनुरोध गर्दछौ ।

  • राष्ट्रिय कृषक समूह महासंघ, नेपाल
  • फियान नेपाल
  • खाद्य अधिकारका लागि राष्ट्रिय संजाल
  • आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार राष्ट्रिय सञ्जाल

Leave a Comment

Your email address will not be published. Required fields are marked *