ईन्दिरा राई

कोभिड १९ को दोस्रो लहरमा नयाँ भेरिअन्ट सहितको भाइरस विश्वभर महामारीको रुपमा फैलिरहेको छ । यसबाट ज्यान गुमाउनेको सङ्ख्या पनि लाखौँ पुगिसकेको छ । विश्वका शक्तिशाली राष्ट्रहरू समेत यसको प्रभावबाट वञ्चित छैनन् भने दिनानुदिन बिरामीको सङ्ख्या बढ्दै गई रहेको छ । यो महामारीबाट हाम्रो देश नेपाल पनि अछुतो रहेको छैन । छिमेकी देश चिन बाट सुरु भएको यस भाइरस हाल कोरोनाका सङ्क्रमण दर उच्च रहेको देश भारत पनि हाम्रो छिमेकी मुलुक हुन । अहिलेको छिमेकी मुलुक चिनमा कोरोनाको सही नियन्त्रण देखिए पनि भारतमा सङ्क्रमितको दर बढी रहेको छ ।

खुल्ला सिमानाका करण रोजगारीको सिलसिलामा नेपालबाट भारत र भारतबाट नेपाल आवत जावत गरी रहनु पर्ने अवस्था र सरकारको यसप्रतिको जबाफदेहितामा कमजोरीपनको अवस्थाले गर्दा हाम्रो देशमा पनि अहिले कोभिडको दोस्रो लहरमा सङ्क्रमण दर दिनानुदिन बढ्दै गइरहेको छ । हाल नेपालमा ३० लाख ५७ हजार ४ सय चौबिस परीक्षण गरिएको मध्ये ५ लाख ५३ हजार ९ सय सोह्र जना मानिसमा कोरोना ंसंक्रमण पुष्टि भई सकेको अवस्था छ भने आजको मिति सम्म ४ लाख ४७ हजार ४ सय छयालीस जना उपचार पश्चात् निको भई सकेको छन् भने ७ हजार ३ सय छयासी जनाले ज्यान गुमाई सकेका छन् । यो तथ्याङ्कलाई हेर्दा गत वर्षको तुलनामा यस वर्षको तथ्याङ्कलाई झन्डै दोब्बरले वृद्धि भई नेपाल जस्तो गरिब मुलुकको लागि कोरोना महामारीले विकराल रूप लिई रहेको आकलन गर्न सकिन्छ ।

महामारीको कारणले गर्दा योजनामा रहेका विभिन्न सङ्घीय, प्रदेश हुँदै स्थानीय तहसम्मका कार्यक्रमहरूमा ठुलो प्रभाव परेको छ । देशभर आवश्यकता अनुसार सरकारले बन्दाबन्दीको आह्वान गरेको छ । यो बन्दाबन्दीबाट प्रभावित विभिन्न क्षेत्रहरू मध्ये कृषि पनि एक महत्त्वपूर्ण क्षेत्र हो । हरेक प्राणीलाई बचाउने कार्य खाद्य पूर्ति गर्ने कार्य यसै क्षेत्रबाट मात्र सम्भव छ । सरकारले कृषि क्षेत्रलाई अत्यावश्यक ठानेर कृषि  कार्यक्रम तथा कृषि सामाग्री ढुवानीमा रोक नलगाएता पनि कृषि सम्बन्धी कार्यहरू गर्नको लागि स्थिति भने त्यति सहज छैन । सङ्घीय सरकार देखि प्रदेश हुँदै स्थानीय तहसम्म सबैले यो बिसं परिस्थितीमा योजना अन्त्रगतका कार्यक्रमहरू विभिन्न माध्यमाबाट आंसिक रूपमा भए पनि सञ्चालन गरी रहेका छन् ।

प्रदेश नं. १ अन्तर्गत पर्ने उदयपुर जिल्लाको बेलका नगरपालिकामा पनि कोभिड १९ को प्रभाव नहुने कुरै रहेन । हालसम्म बेलका नगरपालिकामा जम्मा परीक्षण गर्दा २७० जना व्यक्तिहरूमा कोभिडको सङ्क्रमण रहेको पाइएको छ भने २ जनाको मृत्यु भई सकेको छ । नगरपालिकाका कर्मचारीहरू समेतलाई कोभिडको कहरले नछोडे पछि नगरपालिका पनि बन्दबन्दिको अवस्थामा छ । यो अवस्थामा बेलका नगरपालिकाले विभिन्न उपायहरू अपनाउँदै आफ्ना कामहरू सञ्चालन गरी रहेको छ । बेलका नगरपालिकामा आर्थिक वर्ष ०७७/०७८ मा कृषिका कार्यक्रमहरूमा कोभिड १९ ले पारेको प्रभाव र यी प्रभावहरूको समाधानमा यस बेलका नगरपालिकाले अवलम्बन गर्न सकिने केही उपायहरूको बारे यहाँ प्रस्तुत गरिएको छ ।

सङ्घीय सरकारले वार्षिक रूपमा ज्येष्ठ १५ गते अनिवार्य रूपमा बजेट प्रस्तुत गर्नु पर्ने संवैधानिक बाध्यता अनुरूप यस आ.व.२०७८/०७९ को बजेट प्रस्तुति अध्यादेश मार्फत ल्याएको छ भने प्रदेश सरकारले ल्याउने तयारी गरी रहेको । स्थानीय तहको लागि ७ चरणको बजेट तर्जुमा प्रक्रियाको तेस्रो चरण अन्तर्गत टोल तथा बस्ती स्तरको योजना छनौट तथा चौथो तहको योजना छनौट अन्तर्गत वडा तहमा योजना छनौट र प्राथमिक करण प्रक्रिया ज्येष्ठ १५ भित्र गर्नु पर्ने प्रावधान रहेकोमा यस वर्ष पनि कोभिडको कारणले वैशाख २५ गतेदेखि उदयपुरको निषेधाज्ञा सुरु भएको र हालसम्म पनि निषेधाज्ञा निरन्तर रहेको अवस्था रहेको छ । यस सन्दर्भमा राष्ट्रिय कृषक समूह महासङ्घ, नेपाल वडा कार्य समितिले आफ्नो ईशवाले प्रक्रियालाई अगाडि बढाएको छ ।

राष्ट्रिय कृषक समूह महासंघ, नेपालका बेलका १ वडा कार्य समितिका अध्यक्ष तथा अभियन्ता महेश प्रसाद चौधरी भन्छन् “वडा कार्यालय पनि बन्द रहेकोले वडा महासंघको तर्फबाट छनौट गरिएको योजनाहरू वडा कार्यालयका कर्मचारीलाई बुझाए । समूहहरूको बैठक पनि बस्न नपाएकाले वडा महासंघले समूहहरूको योजना के के रहेको छ भनेर फोन मार्फत टिपियो । वडा कार्य समितिसँग छलफल गरेर निर्णय लेखियो । वडा महासंघले निर्णय गरेका कुराहरूलाई आधिकारिक बनाउन साइकलको सहायतामा हरेक पदाधिकारीहरूको घर गएर हस्ताक्षर गराइयो । यसै क्रममा म टोल विकास संस्थाको अध्यक्ष पनि भएको हुनाले टोल विकासको योजनाहरूसँगै बडा स्तरका कृषक समूहहरूको योजनाहरूलाई वडा कार्य समितिले एकीकृत रूपमा निर्माण वडा कार्यालयका सहजकर्ता गाउकै बहिनी दुर्गा सुवेदीलाई हस्तान्तरण गरियो ।”

काेभिड १९का कारण बेलका नगरपालिकाकाे कृषिका कार्यक्रममा पारेकाे प्रभावः

  • किसानहरूले माग गरेको मल, विउविजनहरु (विभिन्न जातको धानको बिउ, तरकारी, फलफूलको बिरुवा) वितरण गर्न नसकेको ।
  • आर्थिक वर्ष ०७८÷०७९ को कृषिका कार्यक्रम निर्माणका लागी समूहमा छलफल चलाएर किसानहरिका आवश्यकता सङ्कलन गर्न नसक्दा साना किसानहरूको समस्याहरू नगरपालिका सम्म पुग्न नसकेको तथा यसले गर्दा उत्पादनमा घट्ने सम्भावना ।
  • कोभिड १९ को आक्रमित क्षेत्रहरूमा केही कृषक समूहले योजना निर्माण गरेता पनि वडा कार्यालयसम्म पु¥याउन समस्या रहेको ।
  • किसानहरूले गरी रहेको कृषि कामको नियमित रूपमा अनुगमन गर्न नसकेको ।
  • यान्त्रिकरणलाई पहिले जसरी सञ्चालनमा ल्याउनमा समस्या भएको ।
  • नियमित रूपमा सञ्चालन गर्दै आइ रहेको बाली शिविर संचानल गर्न रोकिएको ।
  • किसानहरूसँग नियमित रूपमा भेटघाट गरी दिइने परामर्शमा कठिनाइ ।
  • नियमित रूपमा सञ्चालन गर्दै आएको तालिम, गोष्ठीहरू संचानल गर्न रोकिएको ।
  • कृषि शाखा मार्फत हाल सम्म ६०% मात्र खर्च भएको र केही सम्पन्न भई सकेका कार्यक्रमहरूको कोभिड १९ को प्रभावले गर्दा भुक्तानी दिन बाँकी रहेको ।

कोभिड १९ का समस्याहरूको समाधानमा नगरपालिकाले अपनाएका उपायहरू

  • बेलका नगरपालिकाको कृषि शाखा मार्फतका कर्मचारीहरूलाई परिचालन गरेर कृषकहरूको आवश्यकताहरू सङ्कलन गरी नगरपालिकामा पेस गरिएको ।
  • किसानहरूको विजन, मल, फलफूलको बिरुवा मागलाई सम्बोधन गर्नका लागि वडा कार्यालयहरूको समन्वय हुँदै गरिएको ।
  • किसानहरूलाई टोल पिर् नम्बरको प्रयोग गरेर आफ्नो समस्याहरू नगरपालिकामा प्रस्तुत गर्न आह्रवान गरिएको ।
  • किसानहरूका कृषि सम्बन्धी समस्या समाधान गर्नका लागी सुरक्षा अपनाएर घरदैलो कार्यक्रम सञ्चालन गरिएको ।
  • नगरपालिकाद्वारा हरेक वडामा खटाइएका कृषि प्राविधिकहरूले फोन मार्फत किसानहरूलाई सेवा प्रदान गरिँदै आएको ।
  • सामाजिक दुरी कायम गरेर गर्न सकिने कृषिका विभिन्न कार्यक्रमहरू जस्तै सिचाई, कुलो निर्माण, डिपा बोरिङ, माछा पोखरी निर्माण आदि कार्यक्रमहरू सञ्चालन भई रहेको छ ।
  • कोभिड १९ को दृष्टिकोणले सुरक्षित ठानिएको स्थानहरिमा किसानहरूको माग बमोजिम कृषि यन्त्रहरूद्वारा सेवा पुर्याइ रहेको ।


लेखकः ईन्दिरा राई, सहजकर्ता, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल उदयपुर जिल्ला

Leave a Comment

Your email address will not be published. Required fields are marked *