अनलाइन जुम बैठकमा सहभागीहरू

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, बागमती प्रदेश कार्य समितिले २०७८ जेठ ४ गते बागमती प्रदेश कार्य समितिका अध्यक्ष विजय लामा ज्यूको अध्यक्षतामा अन्तरकृया कार्यक्रम संचालन भएको थियो । प्रदेश कार्य समिति, जिल्ला महासंघका प्रतीनिधिहरुको सहभागीतामा अनलाइन जुमको माध्यामबाट आ.ब. २०७८/७९ को प्रदेश सरकारको नीति, कार्यक्रम र बजेट मार्फत समाबेश गरिनु पर्ने विषयमा अन्तरकृया गरेको छ ।
अन्तरकृया कार्यक्रममा राष्ट्रिय कार्य समितिको तर्फबाट उपाध्यक्ष पंचकाजी श्रेष्ठ ज्यू र महासचिव, रिता बस्ताकोटी ज्यू को सहभागीता, कर्मचारीहरुमा कार्यक्रम संयोजक, केदार कोइराला, पैरवी अधिकृत, प्रतिमा पराजुली लगायतको सहभागिता रहेको थियो । कोभिड लक्षित किसान प्याकेज लगायतका साना किसान लक्षित कार्यक्रमको लागि मन्त्रालय समक्ष माग राखिनु पर्ने सुझाव छलफलबाट आएको छ । आएका सुझावको आधारमा महासंघ प्रदेश कार्य समितिले बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय समक्ष भोली जेष्ठ ५ गते सुझाव पत्र पेश गर्नेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *