शुभकामना
महासंघको १२औँ स्थापना दिवसको अवसरमा महासंघले आयोजित एक स्थापना दिवस कार्यक्रममा सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष, नारायण ज्ञवाली द्वारा वाचन गर्नु भएको कविता । भन्छौँ हामी नेपाललाई, कृषि प्रधान देश फर्की हेरौँ आत्मनिर्भर, उत्पादन के छ? जमीन हाम्रा बाँझा हुने, जनशक्ति विदेश राजनीति कर्मी सँगै, बुढाबुढी स्वदेश आयातित अन्नबाली, सक्नु पर्यो रोक्न उत्पादन आफै गरौँ, छोड्नु पर्यो बोक्न सरकारले लिनु पर्यो, राम्रो कृषि नीति किसानले दुख पाए बसाल्दिनु थिति । खै त मल किसानले खेती लाउने वेला मल खाद सधैँ ल्याउँदा कमिसनको खेल बिउ पनि ल्याउनु पर्ने विदेश वाट किन सरकारले नसकेको कृषि राहत दिन । समूहमा किसानहरू...Read more