विपद बाट प्रभावित व्यक्तिहरुको उद्दार, राहत तथा सहयोगका लागि ध्यानाकर्षण

एक हप्ता अगाडिदेखि परिरहेको अविरल वर्षासंगै आएको बाढि, पहिरो र डुवानका कारण सिन्धुपाल्चोक, मनाङ, बाजुरा, डोटी, कास्की, बागलुङ, मनाङ, पर्वत, पाल्पा, अर्घाखाँची, चितवन, नवलपरासी, लगाएतका जिल्लाहरु प्रत्यक्षरुपमा प्रभावित भएका छन् । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र ईन्द्रावतीमा आएको बाढिले वितण्डा मच्चाएको छ । यस प्राकृतिक प्रकोपमा सिन्धुपाल्चोकमा मात्रै ७ जना भन्दा बढिको ज्यान गएको, कैंयौ व्यक्तिहरु बेपत्ता भएको र ३६७ भन्दा बढि घर परिवारहरु विस्थापित भएका छन् । हजारौ विघा धान खेति गरिएको जमिन बगरमा परिणत भएको छ । खेतियोग्य जमिनका साथै पशु फारम, माछा ब्यवसाय, तरकारी खेतीका संरचनाहरु पूर्ण रुपमा नष्ट भएका छन् । नदि किनारामा अस्थायी बसोवास (छाप्रो) बनाई...Read more

ग्रामिण किसान र यस वर्षको कृषि बजेट

आर्थिक बर्ष २०७८/०७९ को नेपाल सरकारले अध्यादेश मार्फत जेठ १५ गते ल्याएको बजेटमा कृषि क्षेत्रको लागि केही महत्वकाक्षी योजना सहित सरकारले बजेट सार्वजनिक गरेको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण तथा व्यवसायीकरण गरी अर्थतन्त्रको मुख्य आधार बनाउने उत्पादनको विविधिकरण गरी नागरीकको खाद्य तथा पोषण अधिकार सुनिश्चित गर्न प्रधान मन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत जोन विस्तार गर्ने र कार्य कृषि उपकरणमा सर्सत अनुदान स्थानीय तहलाई दिन कृषि प्रविधिक परिचालन गर्ने बाझो जग्गामा खेती गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कृषक समुहलाई उत्पादनमा आधारीत प्रोत्साहन अनुदान नर्सरी उत्पादन रासायनिक मलको व्यवस्था अर्गानिक खेती प्रवर्धन कार्यक्रम, बजारीकरण गर्ने कृषकको मुल्य प्राप्तीको लागी विचौलीया नियन्त्रण, कृषि...Read more

कोरोनाको आक्रान्तले समुदायमा पारेको असर

विगत जस्तै यस वर्ष पनि कोभिडको नयाँ भेरियन्टले झनझन विकराल स्थिति ल्याइ सकेको छ । दिनहुँ मृत्यु हुनेहरुको सङ्ख्या बढ्दो र संक्रमितको अवस्था भने चुलिँदै गइरहेको छ । देशको अवस्था एकदमै भयावह बन्दै गएको छ । उसो त गाउँ घर छरछिमेक, समाजमा सामाजिक दुरीले भने त्यत्तिकै नकारात्मक सन्देश दिई रहेको छ । लाग्छ यो भौतिक दुरी कायम गर्नु भनेको जोगिनु हो, सङ्क्रमणबाट आफू सुरक्षित रहनु हो । तर सङ्क्रमितहरूलाई विभेद गर्नु, घृणाको दृष्टिले हेर्नु, बिरामीको मनोबल गिराउनु अप्रत्यक्ष रूपमा बिरामीलाई आघात चोट पु¥याउनु भने पक्कै होइन । सामाजिक दुरीलाई यस्तै किसिमको बुझाइ बढ्दै गयो भने मानवता पक्कै नहराउला भन्न सकिँदैन...Read more

कोरोनाको कहरले बेलका नगरपालिकाको कृषिमा परेका समस्या र समाधानका उपायहरू

कोभिड १९ को दोस्रो लहरमा नयाँ भेरिअन्ट सहितको भाइरस विश्वभर महामारीको रुपमा फैलिरहेको छ । यसबाट ज्यान गुमाउनेको सङ्ख्या पनि लाखौँ पुगिसकेको छ । विश्वका शक्तिशाली राष्ट्रहरू समेत यसको प्रभावबाट वञ्चित छैनन् भने दिनानुदिन बिरामीको सङ्ख्या बढ्दै गई रहेको छ । यो महामारीबाट हाम्रो देश नेपाल पनि अछुतो रहेको छैन । छिमेकी देश चिन बाट सुरु भएको यस भाइरस हाल कोरोनाका सङ्क्रमण दर उच्च रहेको देश भारत पनि हाम्रो छिमेकी मुलुक हुन । अहिलेको छिमेकी मुलुक चिनमा कोरोनाको सही नियन्त्रण देखिए पनि भारतमा सङ्क्रमितको दर बढी रहेको छ । खुल्ला सिमानाका करण रोजगारीको सिलसिलामा नेपालबाट भारत र भारतबाट नेपाल आवत...Read more