महासंघले ७ वटै प्रदेशमा २०७८/७९ को प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटमा सुझाव पेश गरेको छ

राष्ट्रिय कृषक समूह महासंघ नेपालका ७ वटै प्रदेश कार्य समितिहरुले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयहरुमा आ.ब. २०७८/७९ को प्रदेश सरकारको नीति, कार्यक्रम र बजेट मार्फत समाबेश गरिनु पर्ने विषय सहितको सुझाव पेश गरेको छ ।प्रत्यक प्रदेश समितीका सदस्यहरुको सहभागीतामा जुमको माध्यामबाट छुट्टा छुट्टै बैठक बसी साना, भूमिहीन, सिमान्त तथा महिला कृषकहरुको समस्या तथा मुद्धाहरु संकलन गरी इमेल मार्फत सुझाव पेश गरेको हो । जुमको माध्यामबाट संचालन भएको उक्त प्रदेश स्तरीय अन्तक्र्रियामा सम्बन्धित प्रदेशका सरकारी प्रतिनिधी, महासंघका तहगत संरचनाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।प्रदेश नं. १ मा २८ बुँदे, प्रदेश नं. २ मा २७ बुँदे, बाग्मती प्रदेशमा २५ बुँदे, गण्डकी...Read more

बागमती प्रदेश सरकारको आ.ब. २०७८/७९ को नीति, कार्यक्रम र बजेट मार्फत समाबेश गरिनु पर्ने विषयमा अन्तरकृया

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, बागमती प्रदेश कार्य समितिले २०७८ जेठ ४ गते बागमती प्रदेश कार्य समितिका अध्यक्ष विजय लामा ज्यूको अध्यक्षतामा अन्तरकृया कार्यक्रम संचालन भएको थियो । प्रदेश कार्य समिति, जिल्ला महासंघका प्रतीनिधिहरुको सहभागीतामा अनलाइन जुमको माध्यामबाट आ.ब. २०७८/७९ को प्रदेश सरकारको नीति, कार्यक्रम र बजेट मार्फत समाबेश गरिनु पर्ने विषयमा अन्तरकृया गरेको छ ।अन्तरकृया कार्यक्रममा राष्ट्रिय कार्य समितिको तर्फबाट उपाध्यक्ष पंचकाजी श्रेष्ठ ज्यू र महासचिव, रिता बस्ताकोटी ज्यू को सहभागीता, कर्मचारीहरुमा कार्यक्रम संयोजक, केदार कोइराला, पैरवी अधिकृत, प्रतिमा पराजुली लगायतको सहभागिता रहेको थियो । कोभिड लक्षित किसान प्याकेज लगायतका साना किसान लक्षित कार्यक्रमको लागि मन्त्रालय समक्ष माग राखिनु...Read more