The importance of plant clinics to Nepalese smallholder farmers

The importance of plant clinics to Nepalese smallholder farmers

Nepal has immense diversity in its agro-climate and its crop production, thanks to the variation in its physical landscape. However, it faces a major constraint on its agricultural production, due to pests. Various studies indicate that about 35–40% of pre- and post-harvest losses in Nepal are caused by pests. Several types of chemicals are used to control the pests of the major crops. However, while chemical pesticides are useful for reducing pest populations and incidence they can cause environmental pollution, degradation of soil fertility and the destruction of natural enemies. Furthermore, pests can become resistant to these pesticides. At the...Read more

राष्ट्रिय कृषक समूह महासंघ नेपालद्वारा तयार पारिएकाे सरकारको आ.व. २०७७/७८ को नीति तथा कार्यक्रमकाे कृषि क्षेत्रकाे समिक्षा

राष्ट्रिय कृषक समूह महासंघ नेपालसंम्माननीय राष्ट्रपतिद्वारा मिति २०७७ जेष्ठ २ गते संघीय संसदमा पेश गर्नुभएको सरकारकोआ.व. २०७७/७८ को नीति तथा कार्यक्रमको समिक्षा कोरोना (कोभिड १९) सुक्ष्म जिवाणुले संसारभरका मानिस र तिनका क्रियाकलापलाई  असर गरेको छ । सिंगो मानव जगत् आज यही जिवाणुसँग जुधिरहेको छ । यसबाट श्रृजित समस्याको ब्यवस्थापन गर्दै नागरिकलाई सुरक्षित राख्नु राज्यको दायित्व हो । खानाको स्रोत मुलत जमिन, जंगल र जलबाट प्राप्त हुन्छ । कृषि यसको मुल आधार हो । यसो भएकाले कृषि मानव स्वास्थ्य पनि हो । नेपालको संबैधानिक ब्यवस्थाले हरेक नागरीकलाई पर्याप्त, पोषणयुक्त तथा गुणस्तरीय खाद्यमा नियामित पहुँचको अधिकार प्रत्याभूूत गरेको छ । संविधानले कल्पना गरेको समाजबादको...Read more

कृषि विकासका लागि आ.ब. २०७७/०७८ काे सरकारी निति तथा कार्यक्रमले सम्बाेधन गरेकाे क्षेत्रहरू

वर्तमान सरकारले अघि सारेको सदपुयोगको सिद्धान्तअन्तर्गत नेपालको सबै खाली जमिनलाई खेर जान नदिने र कृषियोग्य भूमिको पूर्ण उपयोग गरी सघन खेती प्रणलीका माध्यमबाट ठूलो परिमाणमा कृषि उत्पादन गर्ने नीति कार्यान्वयनमा ल्याइनेछ । सरकारले रासायनिक मल, उन्नत विउको आपूर्ति तथा वितरण र सिँचाइ क्षेत्रको विस्तार गरेको छ । यस अवधिमा धान, गहुँ, मकै, तरकारी, आलु लगाएतका कृषि उपजको उत्पादन बृद्धि भई खाद्य सुरक्षाको स्थितिमा सुधार आएको छ । आगामी आर्थिक बर्षमा सरकारले कृषि क्षेत्रमा थप आधुनिकीकरण, यन्त्रीकरण र विशिष्टिकरण गरि उत्पादकत्व तथा उत्पादन बृद्विमा जोड दिइने छ । स्वदेशि बस्तुको उपभोग गरौँ, आन्तरिक उत्पादनलाई प्रत्शाहन गरौँ अभियान संचालन गरिने छ ।...Read more

माटोमा आधारित जलप्रदूषण नियन्त्रणका: कृषि तथा पशुपालन सम्बन्धि असल अभ्यासहरू- अंक १

विश्व वा नेपालको तथ्याङ्कलाई हेर्दा जल प्रदुषणका प्रमुख कारणहरू मध्ये कृषि र पशुपालनसँगै जोडिएका गलत अभ्यासहरू मुख्य हुन आउँछन्। FAO 2017  को प्रतिवेदन अनुसार कृषि सम्बन्धि गलत अभ्यासहरूले जल सँगसँगै माटोमा हुने विभिन्न किसिमका विरुवालाई आवश्यक पर्ने सूक्ष्म तत्त्व, पोषण तत्त्व, हर्मोन र सबै किसिमका खनिजलाई पनि प्रदूषित बनाएको हुन्छ जसको प्रत्यक्ष असर वातावरण, जैविक विविधता र मानव स्वास्थ्यमा परिरहेको हुन्छ। पारिवारीक खेतिभन्दा व्यवसायिक खेति प्रणालिबाट धेरै गुणा माटो तथा पानी जन्य प्रदूषण हुने गरेको छ। यस खेती प्रणालिमा अत्याधिकरुपमा प्रयोग गरिने रासायनिक मल तथा विषादीको प्रयोगका कारण प्रकृतिमा प्रदूषण वृध्दि भइरहेको छ। यसबाट हुने क्षति न्यूनिकरण गर्न र माटो सँगसँगै...Read more

एकातिर कोरोना संक्रमणको त्रास, अर्को तर्फ भोको पेट

“मेरो घर नजिकै रहेको सानो टुक्रा भाडामा लिएको जग्गामा उत्पादन  भएको अन्नपात र साग तरकारी नै यो संकटको सामना गर्न सहारा बनेको छ ।  त्यहाँबाट उत्पादन भएको अन्न साग र तरकारी नहुँदो  हो भने  यस्तो लामो बन्दीको समयमा मैले कसरी आफनो गुजारा चलाउने थिएँ मलाई नै थाहा छैन ।” यो भनाई सिरहा जिल्ला भगवानपुर गाउँपालिका वडा नः ३ आभेनगर  बस्ने बर्ष ३८ की मानो देवी रामको हो । उनको मुख्य पेशा कृषि ज्यला मजदूरी नै हुन, उनी  संग आफनो नम्बरी जग्गा छैन । अहिले बसोबास गर्दै आएको घडेरी पनि ऐलानी जग्गा हो । उनको श्रीमान् भारतको पन्जावमा गएर काम गर्ने...Read more

किसानलाई राहत होईन कृषि उद्यमी बन्नको लागि सहयोग गर्नु पर्छ ।

विश्वब्यापी रुपमा फौलीरहेको कोरोना भाइरस (कोभिड १९) को महामारीले  भयानक रुप लिएको छ र यसले हाम्रो देशलाई पनि आक्रमण गरि सकेको छ साथै नेपाल  जोखिममा रहेको कुरा विदितै छ । कोभिड १९ को संक्रमण फैलिन नदिन मुलुक ४२ दिन देखी लकडाउनको अवस्थामा रहेको छ । लकडाउनले गर्दा मानिसको जिवन यापनमा निकै नै कष्टकर भई रहेको छ । यस समयमा सबैले उच्च सतर्कता अपनाउन आम नेपालीहरुको कर्तव्य हो । यो रोग मानिसबाट नै सर्ने भएकाले सामाजिक दुरी कायम गरी, सवारी साधन वन्द र बजार, कलकारखाना, सार्वजानिक स्थान, विद्यालयहरु पनि वन्द गरी रोकथाम गर्न बाध्याता आई परेको छ ।  विश्वको सानो देश नेपाल...Read more

आउ नेपाललाई स्वर्ग बनाऊ

के कुराको कमी थियो र एउटा सानो कचौरा जस्तो देश प्राकृतिक रुपले विविध हावापानि, माटो, वन जंगल, हिमाल, पहाड, तराई, धार्मिक सहिष्णुता, भाइचारा साँस्कृतिक पहिचान त्यहि जल जमिन र जंगल सँग जोडिएको थियो । हाम्रो देश गरिब र कसरी यहाँको जनता गरिब हुन सक्छ । एउटा पेट्रोल मात्र भएको देश बालुवाको मरुभूमी मात्र भएको देश, समुन्द्र नै समुन्दले घेरिएको देश, वर्षको १० महिना हिउपर्ने देश अनी वर्षमा एक पटक पनि पानि नपर्ने देशको तुलनामा हाम्रो देश कसरी गरिब हुन सक्छ ।वर्षमा ६ वटा ऋतु परिवर्तन हुने हाम्रो देशमा न हिउले पुरिएर र घामको झुल्कै नदेख्ने दुःख भोग्नु परेको छ न...Read more

अव बन्दाबन्दीको ब्यवस्थापन गर्दै, योजनाबद्ध कृषि विकासको लागि कदम चालौं !!

सताब्दिऔं देखी विश्व मानव समुदायमा आज एक गम्भिर संकटको बिचमा उभिएको छ । अनैकौं काल खण्ड पार गरी विकास भएको यो आधुनिक मानव सभ्यता एक्काइसौं सताब्दिमा आइ पुग्दा कोरोना भाइरस (कोभिड १९) का कारणले राष्ट्र नै आज पिरोलिएको छ । विश्वका सुविधा सम्पन्न देशहरुमा समेत यो महामारीका कारणले मानव समुदाय तहसनहस हुन पुगेका छन् । आज पुरै विश्व घर भित्र थुनिएको अवस्थामा २०७६ चैत्र ११ गते देखी बन्दाबन्दी लकडाउन गरिएको छ । यो नै कोरोना भाइरस विरुद्धको लडाँइ जित्न संसार भर अपनाइएको एक प्रभावकारी माध्यम हो । नेपालमा पनि हाल कोरोना भाइरसको जोखिम बढ्दै गइरहेको छ । विभिन्न जिल्लाहरुमा केहि...Read more

कोरना कहरः कृषि उपजमा आत्म निर्भरताको लागि अवसर बन्दैछ ! सार्थक हस्तक्षेपको लागि काम गरौं !!

विश्व कोरोना भाईरस -कोभिड—१९_ ले आक्रान्त छ । यसको चारित्रिक गुण अझै पत्ता लागिसकेको छैन । यसर्थ महासमारी छिटै सकिने लक्षण देखिदैन । यसबाट देशमा हुने मानविय क्षतिलाई कसरी रोक्ने ? आर्थिक क्षतिलाई कसरी न्यूनिकरण गर्न सकिन्छ । बन्दाबन्दी पछिको अल्पकालिन र दिर्घकालिन योजना के हुने ? विषयगत, क्षेत्रगत रुपमा सान्दर्भिक बहश चल्न शुरुवात भएको छ कृषि प्रधान देश नेपालले यसलाई कृषि प्रणाली र खाद्य प्रणाली मार्फत आत्म निर्भरताको पाईला अगाडि सार्नको लागि सार्थक हस्तक्षेप गर्ने समय यही हो । यसलाई विषम परिस्थितिले लिएर आएको अवसरको रुपमा सदुपयोग गर्नु पर्दछ ।यसको लागि वारी—पारि र अर्काको बारी नहेरौ । विप्रेषणमा योगदान गरिरहेको ठूलो हिस्सा नेपाल फर्किए, फर्कदैछन्...Read more